Mandala Online

One stop destination for music lovers
Amazing News

Amazing

बिरालोले बचायो बच्चाको ज्यान

बिरालोले बचायो बच्चाको ज्यान

बच्चालाई जाडोबाट बचाएपछी एक बिरालो हिरो बनेको छ । रसियाको ओब्निन्स्कमा एक बिरालोले बच्चालाइ आफ्नो बाक्लो भुत्लाले छोपेर  बचाएको छ । मर्श नाम गरेको उक्त बिरालोले बच्चालाई एक बक्समा फेला पारेको थियो । बच्चाको उमेर अन्दाजी ३ महिनाको थियो ।

तापक्रम ० बाट तल झर्न थाले पछि मर्शले बच्चालाई धण्टौ आफ्नो बाक्लो भुत्लाले छोपेको थियो भने बच्चाको अनुहार चाट्दै न्यानो पारेको थियो । नजिकको बिल्डिगमा बस्ने नदेज्ह्द मखोविकका अनुसार बिरालोको एकोहोरो आवाज सुनेपछी उनी तल गएर हेरेकी थिइन । उनले बच्चालाइ सफा कपडामा न्याप्पीहरुका साथ रोइ रहेको अवस्थामा फेला पारेकी थिइन ।

नदेज्ह्द मखोविकका अनुसार मर्शले खाली बच्चाको ज्यान मात्र बचाएको थिएन बच्चालाइ उक्त स्थान बाट लिएर जानलाग्दा म्याउ म्याउ गदै बच्चाको पिछा गरी मात्रीत्व देखाएको थियो । हाल बच्चा अस्पतालमा कुसल रहेको र पुलिस उक्त बच्चाको अभिभावको खोजीमा रहेको छ।  

More Amazing

Copyright Mandala Online 2018, All Rights Reserved
Site By: SoftNEP