Mandala Online

One stop destination for music lovers
News

News

कोपेनहेगनमा घन्किदै छ..... रेशम

कोपेनहेगनमा घन्किदै छ..... रेशम

सुधा देवकोटा

२८ जुलाइ, कोपेनहेगन ।

कोपेनहेगनका संगीत पारखी नेपालीहरु अहिले अगष्ट २ को व्यग्र प्रतिक्षामा छन् । चर्चित र सबैले मन पराएको लोक रक व्याण्ड नेपथ्यले सो दिन कोपेनहेगनको आमागर बियोमा आफ्नो प्रस्तुति दिने भएकोले यहाँका नेपालीहरु उत्साहित बनेका हुन । युरोपका दुई देश जर्मनी र डेनमार्कमा पहिलो पटक हुन लागेको कन्सर्टका लागि नेपथ्य नेपालबाट प्रस्थान गरिसकेको नेपथ्यका मुख्य आकर्षक अमृत गुरुङ्गले फेसबुकमा लेखेका छन्, “जोग मिले भेटमला, सबैमा सम्झना ।”
युरोप हिड्नु अघिनै नेपथ्यले आफ्ना सर्वकालिन लोकप्रिय गीतहरुका साथमा भर्खर रिलिज भएको कोशीको पानी सम्मका गीतहरुबाट दर्शकलाई मनोरन्जन दिने बताइसकेको छ ।
डेनमार्कमा अन्तराष्टिय नेपाली कलाकार समाज डेनमार्क च्याप्टर(इनास)ले कन्सर्टको आयोजना गरेको हो । मण्डला अनलाइन रेडियो सँग कुरा गर्दै इनास डेनमार्कमा अध्यक्ष सन्तकुमार थापामगरले कन्सर्टको मिति नजिकिदैजाँदा नेपालीहरुमा उत्साह पनि अरु बढ्दै गएको आफुले पाएको बताएका छन् । कोपेनहेगनमा हुन लागेको अहिले सम्मकै ऐतिहासिक सांगितिक कार्यक्रम भएकोले नेपाली सांगितिक क्षेत्रको यो लिजेण्ड व्याण्डलाई सबैले मिलेर स्वागत गनुपर्ने अध्यक्ष थापामगरले बताए ।
आफुहरुले एक हजार भन्दा बढी दर्शकको अपेक्षा गरेको बताउँदै अहिलेको उत्साह र छिमेकी देशहरुबाट समेत आएको प्रतिक्रिया हेर्दा दर्शक संख्या अपेक्षा भन्दा बढीहुनेमा आयोजक विश्वस्त रहेको अध्यक्ष थापामगरको भनाइ छ । त्यस्तै धेरै मात्रामा विद्यार्थीहरु भएकोले उनीहरुको लागि केहि सहुलियतमा टिकट राखेको बताउँदै उनले यस कार्य को लागि विद्यार्थीहरुबाट प्रशंसा मिलेको जानकारी दिए । कार्यक्रम सौहार्दपुर्ण र व्यवस्थित रुपमा सम्पन्न गर्न सबैलाई आव्हान गर्दै अध्यक्ष थापाले भैपरि आउने कुराहरुलाई ध्यानमा राख्दै यथेष्ट सुरक्षाको व्यवस्था गरिएको बताएका छन ।
अगष्ट २ को कार्यक्रमको लागि नेपथ्यको टोली जुलाईको ३१ तरिख बेलुका कोपेनहेगन आइपुग्दै छ ।

(तस्वीर, गायक अमृत गुरुङ्गको फेसबुकबाट )

More News

Copyright Mandala Online 2018, All Rights Reserved
Site By: SoftNEP