Mandala Online

One stop destination for music lovers
News

News

कोपेनहेगनमा फुटबल खेल्दै नेपाली

कोपेनहेगनमा फुटबल खेल्दै नेपाली

कोपनहेगन, १९ जुलाई

पछिल्ला वर्षहरुमा झै यस वर्षको समरमा पनि डेनमार्कका नेपाली संघ संस्थाहरु विभिन्न कार्यक्रमहरुको आयोजनामा जुझारु देखिएका छन् । ओएनएफ को भलिबल, क्रियटिभ वुमनको कम्प्युटर गोष्ठी र स्क्याण्डेनेभियन हेल्पको चाइल्ड हिरो सकिए लगत्तै कोपेनहेगनमा फुटबलको सरगर्मी बढेको छ । आउँदो शनिवार र आइताबार अर्थात जुलाई २३ र २४ मा जन सम्पर्क समिति डेनमार्कको आयोजनामा तेश्रो जेएसएस कप फुटवल हुने भएपछि नेपालीहरु आपसमा विभिन्न क्लब गठन गरी अभ्यासमा जुटेका छन् । प्रतियोगिता हुने बेलाहोए मैदानमा केहि हप्ता अगाडी देखिनै प्रतियोगीहरु अभ्यासरत् छन् । 

यसैबिच आयोजक जन सम्पर्क समितिले सोमबार पत्रकार सम्मेलनको आयोजना गरी खेलका सम्बन्धमा नियमहरु स्पष्ट पार्दै समुह पनि छुट्याएको छ । सो अबसरमा खेल संयोजक कृष्ण गिरीले खेलका नियमहरु पढेर सुनाएका थिए । इलाभेन ए साइड साठी मिनेटको खेल खेलाइने यस वर्षको प्रतियोगितामा आठ वटा समुहहरु सहभागि छन् । यस वर्ष नियममा केही कडाई गर्दै प्रति पहेंलो कार्डको पचास र रेड कार्डको सय क्रोनर जरिवाना तोकिएको आयोजकले जानकारी दिएको छ । त्यस्तै पहिलो दिनको खेलमा दुई पटक पहेंलो कार्ड पाउने तथा रेड कार्ड पाउने खेलाडी अर्को दिनको पहिलो खेल खेल्न बन्चित हुनु पर्नेछ ।

सो अबसरमा सहभागि टोलीको क्याप्टेन तथा म्यानेजरहरुले आयोजकले निर्धारण गरेको अनुशासन सम्बन्धि कागजमा हस्ताक्षर समेत गरेका थिए । लिग चरणमा हुने खेलको समुह ए मा पासा पुच फुटबल क्लब, हिमालयन फुटबल क्लब, ड्रागन मिडिलफार्ट वान्स मोर र युनिटी फुटवल क्लब रहेका छन भने समुह बी मा जेएसएस फुटबल क्लब, राइनो नेपाल युथ क्लब, बेलाहोय फुटबल क्लब र ओएनएफ फुटवल क्लब रहेका छन् ।

कार्यक्रमा बोल्दै जन सम्पर्क समिति डेनमार्कका अध्यक्ष नवराज आचार्य नवीनले प्रतियोगिता भएपनि खेलहरु आपसी भाइचारा अभिवृद्धिको लागि भएकोले खेल अवधि र बाहिर पनि कुनै रिस राग नराख्न खेलाडीहरुमा आग्रह गरेका थिए । त्यस्तै जेएसएस डेनमार्कका संस्थापक अध्यक्ष नवीनराज पौडेल, पुर्व अध्यक्षहरु त्रिलोचन सापकोटा र यामलाल सुवेदीले सहभागि टोलीका म्यानेजर, क्याप्टेन तथा प्रतिनिधिहरुलाई आयोजकको तर्फबाट फुटबल उपलब्ध गराएको सो कार्यक्रमको सन्चालन जेएसएसका महामन्त्री बुद्धि सापकोटाले गरेका थिए ।
(तस्वीर : सागर न्यौपाने )

More News

Copyright Mandala Online 2018, All Rights Reserved
Site By: SoftNEP